नियम ३
रोजगार कार्यक्रम सञ्चालन गर्ने
नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले न्यूनतम रोजगार प्रदान गर्न रोजगार कार्यक्रम सञ्चालन सम्बन्धमा देहाय बमोजिमका कार्य गर्नेछन्:-
(क) सार्वजनिक क्षेत्रका विकास निर्माणका कार्यक्रम तथा आयोजनामा प्रत्येक आर्थिक वर्षमा सिर्जना हुन सक्ने रोजगारीको आँकलन गर्ने,
(ख) प्रत्येक वर्ष रोजगारी सिर्जनाका लागि आवश्यक कार्यक्रमहरुको तर्जुमा र कार्यान्वयन गर्ने,
(ग) रोजगारी सिर्जनाका लागि विभिन्न निकायले कार्यान्वयन गर्ने कार्यक्रम तथा आयोजनामा बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रदान गर्नको लागि आवश्यक समन्वय गर्ने,
(घ) रोजगारी सिर्जनाको लागि निजी क्षेत्र तथा गैर सरकारी संघ संस्थासँग आवश्यक समन्वय तथा सहकार्य गर्ने,
(ङ) रोजगारीको अवसर वृद्धिको लागि स्थानीय स्तरमा उत्पादित वस्तुको खपत तथा उपभोग गर्न विशेष अभियान सञ्चालन गर्ने,
(च) गरिबी निवारण र रोजगारी सिर्जना सम्बन्धी कार्यहरुलाई एकीकृत रुपमा सञ्चालन गर्न आवश्यक समन्वय तथा सहकार्य गर्ने ।